एसियन खेलकुद छनोटअन्तर्गत पुरुष क्रिकेटको उपाधिका लागि नेपाल र हङकङबीच प्रतिस्पर्धा हुने भएको छ।
दोस्रो सेमिफाइनलमा आइतबार मलेसियालाई ६ विकेटले हराएसँगै हङकङले नेपालसँगको भेट पक्का गरेको हो। उपाधि भिडन्त सोमबार नेपाली समयअनुसार दिउँसो सवा १२ बजे सुरु हुनेछ। सोमबार नै तेस्रो स्थानका लागि मलेसिया र ओमानबीच खेल हुनेछ। ओमानलाई ८ विकेटले पराजित गर्दै नेपालले फाइनलमा स्थान बनाएको हो।
मलेसियाले दिएको ११५ रनको मध्यम लक्ष्य हङकङले १० बल बाँकी छँदै ४ विकेट गुमाएर पूरा गर्यो।
आजै बिहान भएको पहिलो सेमिफाइनमा ओमानले दिएको ९५ रनको लक्ष्य नेपालले ९.२ ओभरमा २ विकेट गुमाएर भेट्टाएको थियो।
प्रकाशित: २४ जेष्ठ २०८३ १७:४६ आइतबार


-600x400.jpg)


