६ श्रावण २०८३ बुधबार
image/svg+xml
राजनीति

कालापानी–लिपुलेकमा नेपालको अडान सधैँ छ : परराष्ट्रमन्त्री खनाल

परराष्ट्रमन्त्री शिशिर खनालले कैलाश मानसरोवरको यात्रा विभिन्न सीमा बिन्दुबाट हुने भएपनि ठूलो संख्यामा  नेपाल हुँदै तीर्थयात्रीले यात्रा गर्ने गरेको बताएका छन्।  

भारतीय सञ्चारमाध्यमसँगको कुराकानीमा मन्त्री खनालले  यात्राका लागि विभिन्न मार्ग प्रयोग हुने भएपनि  नेपाल तीर्थयात्रीहरूको प्रमुख ट्रान्जिट मार्गका रूपमा रहँदै आएको बताए। 

साथै उनले कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रबारे नेपालको अडान पुनः दोहोर्याएका छन्। 

‘हामीले सधैँ भन्दै आएका छौँ कि त्यो भूमि नेपालको हो। नेपालको सहमति बिना भारत र चीनबीच त्यस्ता सम्झौता हुन सक्दैनन् भन्नेमा हामी स्पष्ट छौँ,’  मन्त्री खनालले भने।  

उनले नेपालले आफ्नो धारणा दुवै छिमेकी मुलुकलाई कूटनीतिक नोटमार्फत औपचारिक रूपमा जानकारी गराइसकेको बताउँदै नेपालले विगतदेखि नै कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रलाई आफ्नो भूभाग मानेको र त्यसलाई कूटनीतिक नोट मार्फत प्रष्ट पारिसकेको बताए।  

प्रकाशित: २४ जेष्ठ २०८३ १७:२८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App