१४ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
समाज

कस्तो रहने छ आज रातिको मौसम ?

देशका पहाडी भू(भागमा साधारणतयाः बदली रही बाँकी भू-भागका मौसममा आंशिक बदली रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।  

मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदरभन्दा दक्षिण तथा पश्चिमतर्फ सरदर स्थानको आसपासमा रहेकाले अहिले मुलुकभरको मौसममा बदली रहेको महाशाखाले जनाएको छ । गण्डकी प्रदेश र कर्णाली प्रदेशको पहाडी भू-भागका थोरै स्थानमा तथा कोशी प्रदेश, बागमती प्रदेश र सुदूरपश्चिम प्रदेशक एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ । 

आगामी २४ घण्टा सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।  

सोमबार राति पनि देशका अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको छ । कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सूदूरपश्चिम प्रदेशका हिमाली, पहाडी र तराई क्षेत्रमा मध्ययम वर्षाको सम्भावना रहेको छ । ठूलो वर्षाको सम्भावना नरहेपनि केही स्थानमा मेघगर्जन र चट्याङसहितको वर्षा हुने भएकाले सचेत रहन आग्रह गरेको छ । मंगलबार पनि दिनभरजसो नै देशैभर मौसममा बदली हुने र अधिकांश स्थानमा मध्यम वर्षा हुने महाशाखाको अनुमान छ ।  

बुधबार भने कोशी, बागमती र गण्डकीमा भारी वर्षा हुने जानकारी दिँदै महाशाखाले बाँकी भूभागमा मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ । 

प्रकाशित: ९ भाद्र २०८२ १८:५७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App