२९ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
समाज

नेकपा बहुमतका महासचिव बास्तोलालाई थुनामुक्त गर्न सर्वोच्चको आदेश

नेकपा बहुमतका महासचिव धर्मेन्द्रराज बास्तोलालाई अदालतले थुनामुक्त गर्न आदेश दिएको छ।  

बिहीबार सर्वोच्च अदालतका न्यायाधीशद्वय कुमार रेग्मी र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले बास्तोलालाई रिहाइ गर्न आदेश दिएको हो।

फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन बहिष्कारको गतिविधिमा संलग्न रहेको आरोपमा प्रहरीले बास्तोलालाई पक्राउ गरेको थियो।

फागुन १० गते बास्तोलाकी श्रीमती सावित्रीकुमारी वलीले उनको पक्राउविरुद्ध बन्दीप्रत्यक्षीकरण रिट दायर गरेकी थिइन्।

प्रकाशित: १४ फाल्गुन २०८२ १८:२५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App