२९ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
समाज

बालेनले हराउने चर्चा ‘दिउँसै देखेको सपना’ हो, २५ हजार बढी मतान्तरले जित्छु: ओली

नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आगामी निर्वाचनमा आफू पराजित हुने भन्ने चर्चा विरोधीहरुको सपना र कल्पना भएकाे बताएका छन्।

बिहीबार झापा क्षेत्र नम्बर-५ मा आयोजित मतदाता भेटघाट कार्यक्रममा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै अध्यक्ष ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) सँगको प्रतिस्पर्धाबारे सोधिएको प्रश्नमा यस्तो प्रतिक्रिया दिएका हुन्।

सञ्चारकर्मीले बालेनले २० हजार मतान्तरले हजुरलाई हराउँदै हुनुहुन्छ रे नि ? भनी राखेको जिज्ञासामा ओलीले व्यङ्ग्यात्मक शैलीमा जवाफ दिँदै भने, ‘देखिएको भए सपना हो, नदेखिएको भए कल्पना हो।’

अध्यक्ष ओलीले बजारमा आएका सर्वेक्षणहरूलाई अस्वीकार गर्दै आफ्नो जित सुनिश्चित रहेको दाबी गरे। उनले उल्टै आफूले प्रतिस्पर्धीलाई भारी मतान्तरले पराजित गर्ने जिकिर गरे।

‘हामी २० देखि २५ हजारभन्दा बढी मतान्तरले जित्छौँ,’ ओलीले प्रतिप्रश्न गर्दै भने, ‘कुन सर्भेले भन्यो हार्छु भनेर ?’

पछिल्लो समय नयाँ दल र उम्मेदवारप्रति आकर्षण बढेको सन्दर्भमा ओलीले एउटा व्यक्तिलाई मात्र नयाँ ठान्न नहुने बताए। उनले एमाले एउटा स्थापित राष्ट्रिय शक्ति भएको भन्दै आफू एक्लैविरुद्ध धेरैजना लड्न आएको टिप्पणी गरे।

‘तपाईंले फेरि एकजना व्यक्ति नयाँ भन्ने ठान्नुभयो होला, एउटा राष्ट्रिय शक्ति के छ भन्ने हेर्नुपर्ला,’ ओलीले भने, ‘मेराविरुद्ध लड्ने २०–३० जना सबै नयाँ हुन्।’

प्रकाशित: १४ फाल्गुन २०८२ १८:३५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App