१४ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
कला/साहित्य

फ्यानलाई नम्रताको ‘सरप्राइज’ : सुटुक्क बिहे

अभिनेत्री नम्रता सापकोटा विवाह बन्धनमा बाँधिएकी छिन्। बिहीबार उनले बिहे गरेको तस्बिर उनीनिकट व्यक्तिहरूले सामाजिक सञ्जालमा साझा गरिरहेका छन्। 

सामान्य पारिवारिक जमघटमा बिहे गरेकी नम्रताले श्रीमानबारे कुनै जानकारी दिएकी छैनन्। बुधबार उनले हल्दी उत्सव मनाउँदै गर्दाको फोटो सेयर गरेर, ‘आधिकारिक रुपमा हल्दीमा रंगिएको छु’ भनेर लेखेकी थिइन्।

नम्रताका निकटस्थ आध्यात्मिक कथा वाचक एवं लेखक महेश शमशेर राणाले पनि सामाजिक सञ्जालमा एक तस्बिर साझा गर्दै नवदम्पतीलाई बधाई दिएका छन्।

कुनै समय बिहे नगरी बच्चा जन्माउने इच्छा राखेका कारण उनी चर्चामा आएकी थिइन्। सोहीकारण अहिले व्यङ्ग्यको सिकार पनि बनिरहेकी छिन्।

नम्रताको इन्स्टाग्राम पोस्टमा चलचित्र क्षेत्रका कलाकारसँगै उनी नजिकका ओशोमार्गीहरूले पनि बधाई दिएका छन्।

प्रकाशित: १४ फाल्गुन २०८२ १८:२० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App