१७ फाल्गुन २०८२ आइतबार
image/svg+xml
समाज

आज राति देशका केही स्थानमा पानी पर्ने सम्भावना

आज (बिहीबार) राति देशका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन्।

उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभावले कोशी, गण्डकी र कर्णाली प्रदेशको हिमाली तथा पहाडी भूभागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्सहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।  

विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज राति तराई भूभागका थोरै स्थानमा तुँवालो रहनेछ। पहाडी तथा हिमाली भूभागमा साधरणतया बादल लाग्नेछ भने तराई भूभागमा मौसम मुख्यतया सफा रहने छ।  

भोलि (शुक्रबार) दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी र हिमाली भूभागका थोरै तथा बाँकी प्रदेशका पहाडी र हिमाली भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङ्सहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ। 

तराई भूभागका केही स्थानहरूमा बिहान हुस्सु लागेपनि दिउँसो मुख्यतया सफा रहनेछ।  

हाल कोशी र बागमती प्रदेशको पहाडी र हिमाली भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङ्सहित हल्का पानी र हिउँ परिरहेको महाशाखाले जनाएको छ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू(भागमा बादल लागेको छ।

प्रकाशित: १४ फाल्गुन २०८२ १८:१७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App