१० चैत्र २०८२ मंगलबार
image/svg+xml
समाज

आगामी निर्वाचनमा सेनाको भूमिकाबारे जंगीअड्डाले के भन्यो ?

अन्तरिम सुशीला कार्की नेतृत्वको सरकारले आगामी फागुन २१ गतेका लागि प्रतिनिधिसभा निर्वाचनको मिति तोकेको छ। निर्वाचनमा नेपाली सेनाको भूमिकालाई लिएर पनि चर्चा भइरहेको छ। 

यसबिच तत्कालीन अवस्थाका बारेमा जंगीअड्डाले जारी गरेको लेखमा सेनाले आफ्नो भूमिकाबारे स्पष्ट पारेको छ। देश निर्वाचनको दिशामा अघि बढिरहेका बेला नेपाली सेनाले संस्थागत धैर्य, स्पष्ट कार्यविभाजन र सबै निकायको जिम्मेवारी महत्त्वपूर्ण रहेको बताएको छ। नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र अन्य सरोकारवालासँग समन्वय गर्दै संवैधानिक आदेशअनुसार मात्र भूमिका निर्वाह गर्ने प्रतिबद्धता दोहोर्‍याएको छ।

आगामी निर्वाचनलाई भयरहित ढंगबाट सम्पन्न गर्न आम जनसमुदायसहित सबै एकजुट हुनुपर्ने अपिल गर्दै सेनाले परिस्थितिको वस्तुपरक विश्लेषण गरी सबै सुरक्षा निकायलाई मजबुत बनाउनु राष्ट्र हितमा रहेको जोड दिएको छ। 

यो पनि पढ्नुहोस्

संविधानको अक्षर र मर्म दुवैको पालना गरेका छौँ : नेपाली सेना

प्रकाशित: ७ पुस २०८२ १३:२० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App