१० चैत्र २०८२ मंगलबार
image/svg+xml
अपराध

ब्राउन सुगरसहित भारतीय नागरिक पक्राउ

विराटनगरबाट लागुऔषध ब्राउन सुगर (खैरो हेरोइन) सहित एक भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ।

विराटनगर महानगरपालिका–१५ स्थित १ नम्बर ढाटबाट सोमबार साँझ साढे ६ बजेतिर भारत बिहारका २० वर्षीय मसुल अन्सारीलाई पक्राउ गरिएको मोरङ प्रहरीले जनाएको छ। सीमावर्ती बजार भारतको जोगबनीबाट पैदल नेपालतर्फ आउँदै गरेका अन्सारीलाई शंका लागेर प्रहरीले चेकजाँच गरेको थियो।

इलाका प्रहरी कार्यालय रानी र लागुऔषध नियन्त्रण ब्युरो विराटनगरको संयुक्त टोलीले उनको शरीर खानतलासी गर्दा साथबाट ३२ ग्राम ब्राउन सुगर बरामद भएको प्रहरीले जनाएको छ। पक्राउ परेका अन्सारीलाई इलाका प्रहरी कार्यालय रानीमा राखेर थप अनुसन्धान थालिएको।

प्रहरीका अनुसार अन्सारीविरुद्ध लागुऔषध ऐनअन्तर्गत मुद्दा चलाउने तयारी भइरहेको छ।

प्रकाशित: १० चैत्र २०८२ ०८:५३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App