फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ को मत परिणामसहितको विस्तृत प्रतिवेदन आज प्रधानमन्त्री सुशीला कार्की समक्ष पेश गरिएको छ।
निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले बालुवाटारस्थित प्रधानमन्त्री निवास पुगेर प्रतिवेदन प्रधानमन्त्री कार्की समक्ष बुझाएका हुन्। सोही समयमा आयुक्तहरू जानकी कुमारी तुलाधर, सगुन शम्शेर जबरा, आयोगका सचिव कृष्णबहादुर राउत लगायतका कर्मचारीहरूको उपस्थिति रहेको थियो।
प्रतिवेदन बुझाउने कार्यक्रममा गृहमन्त्री तथा कानुनमन्त्रीसमेत सहभागी थिए। आयोगले निर्वाचनको समग्र प्रक्रिया, मत परिणाम र व्यवस्थापन सम्बन्धी विवरण समेटिएको प्रतिवेदन सरकारसमक्ष पेश गरेको जनाएको छ।


प्रकाशित: ८ चैत्र २०८२ १७:५२ आइतबार





