सुदन गुरुङ नेतृत्वको हामी नेपालले आफ्नो डिस्कोर्ड सर्वरमा विस्फोटक पदार्थ र हिंसात्मक क्रियाकलापबारे छलफल गर्ने प्रयासहरू बढ्दै गएको बताएको छ। बुधबार सामाजिक सञ्जालमार्फत हिंसा र विस्फोटक पदार्थमा शून्य सहनशीलता राख्ने बताएको हो।
जारी बयानमा भनिएको छ, ‘यो सर्वर केवल शान्तिपूर्ण आन्दोलनका लागि र नेपालका नागरिकहरूबिच देशका विषयमा छलफल गर्नका लागि केन्द्रीय समुदाय निर्माण गर्नको लागि मात्र हो।’
बयानमा अगाडि भनिएको छ, ‘हिंसा वा विस्फोटक पदार्थसँग सम्बन्धित कुनै पनि कुरा हाम्रा आदर्श र आन्दोलनका सिद्धान्तविरुद्ध छ। यस्तो सामग्री पोस्ट गरेमा तुरुन्तै प्रतिबन्ध लगाइनेछ र तपाईंको खाता विवरण सम्बन्धित निकायहरूलाई पठाइनेछ। यदि तपाईंले यस्तो कुरा देख्नुभयो भने, कृपया त्यसमा संलग्न नहुनुहोस्। त्यो कुरा मोडरेशन टोलीलाई रिपोर्ट गर्नुहोस्।’

प्रकाशित: २२ आश्विन २०८२ १३:४३ बुधबार





