१ पुस २०८२ मंगलबार
image/svg+xml
समाज

यशोधराका ५०० विद्यार्थीलाई जाडोअघि न्यानो कपडा वितरण

भोजपुर नगरपालिका–१२ टक्सारस्थित यशोधरा माध्यमिक विद्यालयका पाँच सय विद्यार्थीलाई न्यानो कपडा र शैक्षिक सामग्री वितरण गरिएको छ। जाडो याम सुरु हुँदै गर्दा विद्यालयका विद्यार्थीलाई सहज अध्ययन वातावरण बनाउनका लागि ‘सेवक अभियान, धरान (सुनसरी)’ले उक्त सहयोग गरेको हो।

विद्यालयमा अध्ययनरत बालबालिकाको शैक्षिक हौसला बढाउने उद्देश्यसहित सेवक अभियानले सहयोग गरेको विद्यालयका प्रधानाध्यापक ध्रुवराज रेग्मीले जानकारी दिए। जाडोयाम सुरु भएकाले विद्यार्थीलाई न्यानो कपडा वितरणले सहजता थपिएको उनको भनाइ छ। जाडो मौसममा धेरै विद्यार्थी उचित पोशाक अभावमा कक्षा नियमित उपस्थित हुन नसक्ने समस्या देखिँदै आएकामा पोशाक वितरणले सहयोग पुगेको उनको भनाइ छ।

सेवक अभियान धरानले विभिन्न दुर्गम विद्यालयमा पुगेर लत्ताकपडा, शैक्षिक सामग्री र सरसफाइ सामग्री वितरण गर्ने गर्दै आएको जनाएको छ। न्यानो कपडा तथा शैक्षिक सामग्री पाएसँगै विद्यार्थी खुसी भएका छन्। रासस

प्रकाशित: २३ कार्तिक २०८२ ०८:३५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App