१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
समाज

छत ढलान गर्दा करेन्ट लागेर मजदुरको मृत्यु

घर निर्माण गर्ने क्रममा इनरुवा नगरपालिका–३ मा करेन्ट लागेर एक मजदुरको मृत्यु भएको छ। 

११ बजेतिर इनरुवा ३ का मोहम्मद कैजुव मियाँको घर निर्माण गर्ने क्रममा छत ढलान गर्दा करेन्ट लागेर ३५ वर्षीय नन्दकुमार चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

फलामको डन्डी मिलाउने क्रममा विद्युतको नाङ्गो तारमा लागेर करेन्ट लागेर सिकिस्त भएका चौधरीको नोवेल अस्पताल विराटनगरका उपचारका क्रममा मृत्यु भएको हो। 

करेन्ट लागेर ३२ वर्षीय श्रवण चौधरी सिकिस्त भएका छन्। उनको उपचार भइरहेको छ।

प्रकाशित: ७ श्रावण २०८२ १४:४१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App