राैतहटमा मोटरसाइकल दुर्घटनामा दुई जनाको ज्यान गएको छ।
गौर पिपरा सडकखण्ड अन्तर्गतको राजदेवी नगरपालिक वडा नम्बर १ पत्थरा स्कुल नजिक दुईवटा मोटरसाइकल एक आपसमा ठोकिएर भएको सवारी दुर्घटनामा परि दुई जनाको ज्यान गएको हो।
बीआर ३० एएफ २३७० नम्बरको मोटरसाइकल र बिपरित दिशाबाट आउदै गरेको प्र.०२–०३–०१८ प २३४६ नम्बरको मोटरसाइकल एक आपसमा ठोकिएर दुर्गाभगवती गाउँपालिका- २ का अशोक महतो र राजदेवी नगरपालिका २ का २९ वर्षीय अर्विन्द महतोको ज्यान गएको जिल्ला प्रहरी कार्यालय राैतहटले जनाएको छ।
अर्विन्द महतोको घटनास्थलमै मृत्यु भएको छ भने गम्भीर घाइते अशोक महतोको प्रादेशिक अस्पताल गौरमा उपचारको क्रममा मृत्यु भएको रौतहटका प्रहरी प्रवक्ता डिएसपी विष्णु प्रदिप वस्यालले बताए।
दुर्घटनामा ज्यान गुमाएका दुबैजनाको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल गौरमा राखिएको छ।
प्रकाशित: ९ माघ २०८२ १३:४१ शुक्रबार





