धनुषा मिथिला नगरपालिकाको छुट्टाछुट्टै दुईस्थानमा विस्फोट पदार्थ फेला परेको छ । मिथिलाको बरहरीस्थित पुलको छेउमा राखिएको विस्फोट बस्तुमा खुट्टा छोएपछि दुई बालक घाइते भएका छन् ।
घाइते हुनेहरू मिथिला नगरपालिका–८ जमुनिवास बस्ने टेकबहादुर भुजेलकी १५ वर्षीया छोरी आशा भुजेल र स्थायी घर गुल्मी भई हाल मामा रिठबहादुर मगरको घरमा बस्दै आएका ८ वर्षीय सुशील माझी रहेको छ ।
बालिका भुजेलकी दायाँ–बायाँ खुट्टामा सामान्य चोट लागेको छ । माझीको हात, खुट्टा र छातीमा सामान्य चोट लागेको छ ।
बम डिस्पोजल टोली घटनास्थलमा पुगेको र शंकास्पद वस्तु सुरक्षित रूपमा निष्क्रिय पार्ने काम भइरहेको जिल्ला प्रहरी कार्यलय धनुषाका प्रहरी प्रबक्ता एवं डिएसपी गणेशबहादु बमले जानकारी दिए ।
उनका अनुसार धनुषाको मिथिला नगरपालिका–१० स्थित रातो पुलमाथि दुई वटा शंकास्पद वस्तु फेला परेको छ ।
घटनापछि पूर्व-पश्चिम राजमार्ग क्षेत्रमा केही समय त्रास फैलिएको छ। प्रहरीले सर्वसाधारणलाई शंकास्पद वस्तु नछुन र तत्काल प्रहरीलाई खबर गर्न आग्रह गरेको छ।
प्रकाशित: १९ फाल्गुन २०८२ १७:५० मंगलबार





-600x400.jpg)