पूर्वपश्चिम महेन्द्र राजमार्गको गैँडाकोट १० पितौंजीस्थित सिस्ने खोलामा स्कुटर माथि ट्रक पल्टिएको छ ।
आइतबार दिउँसो गैँडाकोटबाट कावासोतीतर्फ जाँदै गरेको ना ५ ख ८४१७ नम्बरको ट्रकले विपरीत दिशा तर्फ जाँदै लु ५५ प ३१३४ नम्बरको स्कुटरलाई ठक्कर दिँदा उक्त ट्रक अनियन्त्रित भई पल्टिँदा स्कुटरमा सवार व्यक्ति र ट्रक चालकसमेत च्यापिएको बताइएको छ ।
स्कुटरमा दुई जना सवार रहेको बुझिएको इलाका प्रहरी कार्यालय गैँडाकोटले जानकारी दिएको छ । प्रहरीका अनुसार अहिले ट्रक उचाल्न क्रेन घटना स्थल तर्फ गएको छ । त्यसपछि यथार्थ विवरण आउने प्रहरीले बताएको छ। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।
प्रकाशित: २५ श्रावण २०८२ १८:०६ आइतबार




-600x400.jpg)
