२० मंसिर २०८२ शनिबार
image/svg+xml
समाज

दुःख दिएको गुनासोपछि बबईबाट ट्राफिक र नेपाल प्रहरीको टोली नै परिवर्तन

कर्णाली छिर्ने बबई नाका । तस्विर : गोविन्द केसी/नागरिक

कर्णाली प्रदेश छिर्ने प्रमुख नाका बबईमा रहेको चेक पोष्टमा कार्यरत प्रहरीले दुःख दिने गरेको गुनासो आएपछि सवै टोली नै परिवर्तन गरिएको छ।  

जनताबाट गुनासो आएपछि बबईमा रहेका ट्राफिक प्रहरी र नेपाल प्रहरीको सवै टोली नै परिवर्तन गरिएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका निमित्त प्रमुख (एसएसपी) केदारप्रसाद खनाले बताए। बेलाबेलामा बबईमा प्रहरीबाट सवारी साधन तथा यात्रुहरुलाई दुःख दिने गरेको गुनासो आईरहेका बेला प्रदेश प्रहरीले एक्सन लिएको हो।  

बबईमा कार्यरत टोली गणमा झिकाईएपछि जिल्ला प्रहरी कार्यालयले नयाँ टोली पठाएको छ। पोष्टमा हवल्दारसहित ४ जना ट्राफिक प्रहरी, असई सहित ११ जना नेपाल प्रहरीको टोली बबईमा गण फिर्ता बोलाईएको हो।

प्रदेश प्रहरीका अनुसार बबईमा जनता र सवारी साधनलाई दिईने दुःखका बारेमा अनुसन्धान गर्न छानविन समिति समेत बनाईएको छ। छानविन समितिले दीर्घकालिन समस्या समाधानका लागि बबई प्रहरी र पीडितहरुसँग जाँचबुझ गरिएको छ। सेवा दिन बसेकाबाट गलत भए जो कोही होस् नछोडिने कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका निमित्त प्रमुख केदार प्रसाद खनालले बताए। 

बबईमा सवारी साधन चेकिङ्गका नाममा पैसा असुल गर्ने र यात्रुहरुलाई दुःख दिने गरेको पाईएको थियो। कर्णाली प्रदेशले एक्सन लिएर छानविन गरी प्रहरी युनिट नै परिवर्तन गरिसकेको बेला लुम्वीनी प्रदेश प्रहरी कार्यालयले बदिर्या जिल्ला प्रहरी कार्यालय अन्तर्गत रहेको बबई बजारमा रहेका ट्राफिक प्रहरी र नेपाल प्रहरीका बारेमा ठोस कदम चालेको छैन्।

प्रकाशित: ३० कार्तिक २०८२ १६:४४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App