२१ मंसिर २०८२ आइतबार
image/svg+xml
कला/साहित्य

दाइजो प्रथामा केन्द्रित ‘अभिमन्यु: च्याप्टर १’

समय बदलिँदै गएको छ, रीति रिवाजमा समेत परिवर्तन देखिँदै छ। गाउँ समेत परिवर्तन हुन सुरु भएको छ। तर मधेस प्रदेशको एक यस्तो प्रथा जसले परिवर्तन स्वीकार गर्न सकेको छैन। हो दाइजो प्रजा, मधेस प्रदेशको यस्तो एक संवेदनशील प्रथा जसले त्यहाँ जन्मिइएकी चेरीहरूको जीवनमा एक श्रापको रूपमा लिएको छ।

त्यहाँकी चेलीहरूको व्यथा त भइनै हाल्यो, त्यो भन्दा बढी मनमा पिर हुने छोरीको बुवा–आमा , दाइ–भाइलाई त्यो भन्दा बढी पिर हुने गर्दछ। कहाँ बाट छोरीको विवाहका लागि पैसा ल्याउने, कहाँ बाट बेहुलाको माग पुरा गर्ने जस्ता पिरले परिवारलाई छोरीको बिहे नहुनजेल सताइ रहन्छ, र पछि बिहे नहुन्जेल सम्म मात्र सीमित रहँदैन। बिहेपछि पनि बेहुलाको माग बढेकै हुन्छ। केही कारणवश बेहुलापट्टिको माग पुरा गर्न नपाउँदा वर्षमै सयौँ यस्ता ‘केस’ आउने गर्दछ जहाँ घरको बुहारीलाई आगो लगाएर जलाएको खबर सुनिने गर्दछौ। हो त्यही मधेसको कुरुर्र प्रथालाई लिएर आएका छन्, निर्देशक सुशान्त गौतम।

पटकथा

कथा सुरु हुन्छ, हत्याको केसमा परेका अभिमन्यु९कामेश्वर चौरसिया० जब जेलबाट छुट्छ। सब भन्दा पहिला आफ्नो गाउँ साथीलाई खोज्दै  पुग्छन्। तर साथी गाउँमा नभएको थाहा पाए सी उनी राजधानी तीर पुग्दछन्। त्यहाँ पुगेर अभिमन्यु एउटा योजना बनाउँछ। एक युवतीको नक्ली अपहरण ती योजनामा सहभागी हुन्छन्, अभिमन्युकी श्रीमती लीला९लक्ष्मी बर्देवा, अभिमन्युको साथी (प्रकाश दहाल) यो योजना अभिमन्युको घरबेटीले नै आफ्नो छोरीको नक्कली अपहरणको प्रस्ताव राख्छन्। अभिमन्यु नचाहेर पनि यो चक्रभिउमा पर्छ।

नक्कली अपहरण कुन बेला अभिमन्युलाई कारागारसम्म पुर्याउछ, अभिमन्यु स्वयंले पनि थाह पाउन सक्दैन। बहिनीको ट्रमाबाट पीडित अभिमन्युलाई झण पीडा थपिन्छ, जब अभिमन्युको  श्रीमतीद्वारा नै उ धोखा पाउँछ। चलचित्रमा पहिलो पटक अभिमन्यु के कारणले कारागार पुर्छरु, लीलाको के सम्बन्ध हुन्छ ती मृतकसङरु यो प्रश्नको उत्तर तपाइले चलचित्र हेरे पछि मात्र थाह पाउनु हुने छ।

प्राविधिक पक्ष

कमै चलचित्रले यसले संवेदनशील विषयलाई समाज अगाडि ल्याछन्। त्यो मध्य यो एक चलचित्र बनेको छ। मधेस प्रदेशको कथाले दर्शकको मन जित्न खोजेको छ। भने संगीतको कुरा गर्दा कुनै कुनै गीत अनावश्यक नै राखेको महसुस हुन्छ। विराटनगर देखी काठमाडौंको स्थानहरूलाई राम्रै ढंगले प्रस्तुत गरिएको छ।

अभिनय

आक्रामक स्वभाव र कैदीको भूमिकालाई कामेश्वर चौरसियाले प्राण थपेको छ। कामेश्वको अभिनय उत्कृष्ट रहेको छ। त्यही लक्ष्मी बर्देवा को दोहोरो चरित्रमा दमदार अभिनय रहेको छ। अभिमन्युको साथीको भूमिकामा प्रकाश दहालको अभिनय भने यी दुई कलाकारको तुलनामा त्यति राम्रो महसुस हुन्न।

निर्देशन

सुशान्त गौतमको निर्देशनमा बनेको चलचित्र अभिमन्युमा अभिमन्युको संवाद जहाँ उसले भन्छ ‘अभिमन्युको निशानाबाट अहिलेसम्म कोही बचेको छैन’। तर यो संवादसम्म मात्र बन्न जान्छ उ आफै नै चक्रभिउमा पर्न जान्छ। चलचित्रमा पहरीका भूमिकामा रहेका कलाकारहरुको  कतिपय दृश्यले कथालाई पट्यार लाग्दो बनाउँछ। दाइजो प्रथाकी शिकार बनेकी अभिमन्युकी बहिनीको मृत्युले अभिमन्युको असीम रिसको र ट्रमाको कारण बनेको छ।

प्रकाशित: २० मंसिर २०८२ ०९:२६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App