२२ पुस २०८२ मंगलबार
image/svg+xml
समाज

बँदेललाई थापेको पासोमा बाघ

सुर्खेतमा बँदेल मार्न थापेको पासोमा बाघ परेको छ । इलाका प्रहरी कार्यालय लेकवेशीका अनुसार सोमबार लेकवेशी नगरपालिका-७ लमनास्थित जङ्गलमा बँदेललाई थापेको पासोमा पाटे बाघ परेको हो ।

बिहान ११: १० बजेको समयमा लमनास्थित गाउँदेखि अन्दाजी १०० मिटर टाढा जङ्गलमा बँदेललाई थापेको पासोमा पाटे बाघ परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।  

अहिले प्रहरी नायव निरीक्षक मनिष गुरुङको कमाण्डमा ५ जनाको प्रहरी टोलीले बाघको सुरक्षा दिइरहेको छ । प्रहरीले निकुञ्ज र बन सँग समन्वय गरेर बाघ पठाउने तयारी गरिरहेको जनाएको छ ।

प्रकाशित: १६ भाद्र २०८२ १२:०२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App