२७ माघ २०८२ मंगलबार
image/svg+xml
राजनीति

कोशीमा मन्त्रिपरिषद् पुनर्गठन हुँदै, आजै शपथ

कोशी प्रदेश सरकारको मन्त्रिपरिषद् पुनर्गठन हुने भएको छ।

मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सत्ता साझेदार दलहरू नेपाली कांग्रेस र नेकपा (एमाले) बीचको समझदारी अनुसार मन्त्रिपरिषद् पुनर्गठनको तयारी गरेका हुन्।

नवनियुक्त मन्त्रीहरूको शपथ ग्रहण मंगलबार साँझ ४:३० बजेका लागि तय गरिएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ।

कांग्रेस र एमालेबीच मन्त्रिपरिषद्मा नयाँ अनुहार पठाउने समझदारी भएबमोजिम पुराना मन्त्रीहरूलाई फिर्ता बोलाएर नयाँ मन्त्रीहरूलाई जिम्मेवारी दिन लागिएको हो।

यस्तो छ पुनर्गठित मन्त्रिपरिषद्को कार्यविभाजन

हिक्मतकुमार कार्की- मुख्यमन्त्री
प्रदीप सुनुवार- मन्त्री, भौतिक पूर्वाधार विकास
तिलचन पाठक- मन्त्री, उर्जा, खानेपानी तथा सिंचाई
भीम पराजुली- मन्त्री, उद्योग, पर्यटन, वन तथा वातावरण
इन्द्रमणि पराजुली- मन्त्री, आन्तरिक मामिला तथा कानुन
बिदुर सुब्बा लिन्थेप- मन्त्री, आर्थिक मामिला तथा योजना
रामप्रसाद महतो- मन्त्री, सामाजिक विकास
मानबहादुर लिम्बु- मन्त्री, स्वास्थ्य
इजरायल मन्सुरी- मन्त्री, उद्योग, कृषि तथा सहकारी
उमाकान्त गौतम- राज्यमन्त्री (आन्तरिक मामिला तथा कानुन)
शोभा पालुङ्वा लिम्बु- राज्यमन्त्री, भौतिक पूर्वाधार विकास मन्त्रालय

प्रकाशित: २२ पुस २०८२ १६:४२ मंगलबार