नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले विशेष महाधिवेशनले पार्टी नफुटाउने दाबी गरेका छन्। मंगलबार विशेष महाधिवेशन पक्षधरको पत्रकार सम्मेलनमा बोल्दै शिवाकोटीले यस्तो दाबी गरेका हुन्।
‘विशेष महाधिवेशनले पार्टी फुटाउँछ भन्ने हल्ला चलाइएको छ। त्यो झुट हो,’ शिवाकोटीले भने,‘विशेष महाधिवेशन पार्टीकै विधान अनुसार बोलाइएको हो। यसले पार्टी फुटाउने होइन, पार्टीमा विधि स्थापित गर्छ।’
विशेष महाधिवेशनले पार्टीमा नयाँ नीति र नेतृत्व चयन गर्ने उनले बताए।
प्रकाशित: २२ पुस २०८२ १६:३४ मंगलबार





