२६ फाल्गुन २०८२ मंगलबार
image/svg+xml
खेल

पुलिस सडन डेथको शिकार, सहारा सेमीफाइनलमा

आयोजक सहारा क्लव पोखरा आहा ! रारा पोखरा गोल्डकपको सेमीफाइनलमा प्रवेश गरेको छ। सहारा क्लव पोखराको आयोजनामा पोखरा रंगशालामा भइरहेको प्रतियोगिता अन्तर्गत शनिबार भएको पहिलो क्वाटरफाइनल खेलमा नेपाल पुलिस क्लवलाई सडन डेथको शिकार बनाउँदै सहारा सेमीफाइनलमा प्रवेश गरेको हो। सडन डेथको शिकार भएको पुलिस भने प्रतियोगिताबाट बाहिरिएको छ।

प्रतिष्पर्धात्मक खेलमा निर्धारित ९० मिनेटको समय १/१ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो। पेनाल्टी सुटआउटमा पनि ४/४ को स्थिति भएपछि खेल सडन डेथमा गएको थियो।

पेनाल्टी सुटआउटमा सहाराका विनय तामाङ, विक्की चाम्लिङ राई, सिशास थापा र भागवत चौधरीले गोल गरे भने पुलिसका निरज खड्का, दशरथ गिरी, अमित टमाटा र सञ्जीव लामाले गोल गरे। पेनाल्टी सुटआउटमा सहाराका राम वाजीको प्रहार पुलिसका गोलकिपर टिकेन्द्र थापाले रोके भने पुलिसका गोलकिपर थापाले गरेको प्रहार बाहिरिदा खेल सडन डेथमा पुगेको थियो।

पहिलो सडन डेथमा सहाराका प्रसन्न श्रेष्ठ र पुलिसका जोन विष्टले गोल गरेपछि दोस्रो सडन डेथमा खेल गएको थियो। जसमा सहाराले बाजी मारेको हो। दोस्रो सडन डेथमा सहाराका विदेशी खेलाडी टाय डिनियल बाडारुले गोल गरे। तर पुलिसका धिरेन्द्र साहले गरेको प्रहारमा सहाराका गोलकिपर बाधक बन्दा सहाराको सेमीफाइनल पुग्ने बाटो खुल्यो।

त्यसअघि निर्धारित ९० मिनेट र थपिएको ३० मिनेटको अतिरिक्त समय पनि खेल एक/एकको बराबरीमा रोकिएको थियो। खेलको ४९ औं मिनेटमा पुलिसले गोलको खाता खोल्दै अग्रता बनाएको थियो। पुलिसका लागि राम वाजीले गोल गर्दै अग्रता बनाउन सफल भएका थिए। तर त्यो अग्रता धेरैबेर रहन सकेन। एक गोलले पछि परेको अवस्थामा आक्रामक रणनीति अप्नाएको सहाराले खेलको ६१ औं मिनेटमा बराबरी गोल फर्काएको थियो। सहाराले पाएको पेनाल्टी अवसरमा मुकुन्दकुमार निउरेले सहजै जाली चुमाए।

शनिबारको खेलमा सहाराका टिकेन्द्र थापा प्लयेर अफ द म्याच घोषित भए।

सहारा क्लव पोखराको आयोजनामा भइरहेको आहा ! रारा पोखरा गोल्डकपको २५ औं संस्करण अन्तर्गत आइतबार दोस्रो क्वाटरफाइनल खेलमा जावलाखेल युथ क्लब र अपी पावर चर्च ब्वाईज युनाईटेड प्रतिष्पर्धामा उत्रिनेछन्।

प्रकाशित: २ फाल्गुन २०८२ २०:५८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App