२६ श्रावण २०८३ मंगलबार
image/svg+xml
समाज

सर्लाहीमा गाँजा ओसार्दै गरेका दम्पतीसहित तीनजना पक्राउ

सर्लाहीमा प्रहरीले लागूऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा एक दम्पतीसमेत रहेका छन्।

इलाका प्रहरी कार्यालय लालबन्दी र प्रहरी चौकी पत्थरकोटबाट खटिएको संयुक्त टोलीले लालबन्दी नगरपालिका–१२, जियाजोरबाट प्रतिबन्धित लागूऔषध गाँजासहित उनीहरूलाई पक्राउ गरेको हो।

गाँजासहित पक्राउ पर्नेमा हरिवन नगरपालिका–२ का ४८ वर्षीय अजय परियार, उनकी ३५ वर्षीया श्रीमती सविना परियार र लालबन्दी नगरपालिका–१५ की ५६ वर्षीया ज्ञानमाया रहेका छन्।

प्रहरीका अनुसार उनीहरूले बोकेको झोलाभित्र लुकाइछिपाइ ल्याइएको अवस्थामा तीनवटा पोकामा रहेको १२ किलो ८२४ ग्राम गाँजा बरामद गरिएको हो।

गाँजासहित पक्राउ परेका तीनै जनालाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।

प्रकाशित: २६ श्रावण २०८३ १९:०२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App