२ चैत्र २०८२ सोमबार
image/svg+xml
समाज

एकदिनमा हावाहुरी र चट्याङमा परेर तीन जनाको मृत्यु

गत २४ घण्टामा विपद्का घटनामा परेर तीन जनाको मृत्यु भएको छ भने ४४ जना घाइते भएका छन्। 

हावाहुरीमा परेर दुई तथा चट्याङ लागेर एक जनाको मृत्यु भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। 

प्राधिकरणका अनुसार आगलागीमा परेर दुई, चट्याङ लागेर तीन, हावाहुरीमा परेर दुई, लेक लागेर एक तथा जनावरको आक्रमणमा परेर ३६ जना गरी ४४ जना घाइते भएका छन् । 

विभिन्न ३० जिल्लामा ४१ वटा घटना भएको प्राधिकरणका प्रवक्तासमेत रहेकी उपसचिव शान्ति महतले नागरिकलाई जानकारी दिइन् । 

प्रकाशित: २ चैत्र २०८२ १७:५४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App