१० फाल्गुन २०८२ आइतबार
image/svg+xml
समाज

छैनन् अपांग मैत्री मतदानस्थल

फागुन २१ को प्रतिनिधिसभा निर्वाचनका लागि कालीकोटमा १ सय ४ मतदानस्थल र १ सय २८ मतदान केन्द्र छन्। 

पछिल्लो समय धेरैजसो मतदानस्थल नजिकैसम्म सडक पुगे पनि अपांग र अशक्तमैत्री बन्न सकेका छैनन्। जिल्लामा अधिकांश मतदानस्थल विद्यालयमा छन्। मतदान केन्द्रसम्म पुग्ने सडकको अवस्था गतिलो नभएकाले मतदान केन्द्र अपांग, मैत्री बन्न नसकेका हुन्।

जिल्लामा अहिले अपांगता भएकाहरूको संख्या ५ हजार बढी रहेको छ। त्यसमध्ये 'क' र 'ख' वर्गका अपांगता भएका मतदाता मात्रै तीन हजार जना बढी छन्। मतदानस्थल अपांगमैत्री नहुँदा 'क' र 'ख' वर्गका अशक्त अझ बढी समस्यामा पर्दै आएका छन्।

भौगोलिक विकटताका साथै सडक गतिलो नहुँदा अपांगता भएका पुरुष तथा महिलालाई अहिले पनि मतदानस्थल तथा मतदान केन्द्रसम्म पुग्न कठिनाइ हुने गरेको स्थानीयको भनाइ छ। जसका कारण अपांगता भएका, अशक्तले एक्लै तथा ह्विलचियरमा जान नसक्ने हुँदा सहज रइपमा मतदान गर्नबाट वन्चित हुँदै आएका छन्। मतदानका लागि उनीहरूले विभिन्न किसिमको सास्ती भोग्नु परेको छ।

मतदानस्थल तथा मतदान केन्द्र अपांग, अशक्त, जेष्ठ नागरिक मैत्री हुन जरुरी रहेको प्रमुख जिल्ला अधिकारी गोकर्ण राज सुयलले बताए। उनका अनुसार कालीकोट जिल्लाका धेरै जसोमा यस्तो समस्या नभएको र केही ठाउँ समस्या भए गाडीको व्यवास्थापन गर्न सक्ने बताए।

जिल्ला निर्वाचन अधिकारी विश्व मंगल शर्माका अनुसार निर्वाचन आचारसंहिताको दफा १४ को उपलफा 'ङ' मा हिँड्डुल गर्न नसक्ने गर्भवती महिला, सुत्केरी, साथमा आफ्नै बच्चा बोकेकी महिला, क्रियापुत्री, शारीरिक रूपले अशक्त वा आपाङ्गता भएका व्यक्ति, हिँड्डुल गर्न नसक्ने ज्येष्ठ नागरिक जस्ता मतदाताको लागि निर्वाचन अधिकृतले अनुमति दिएको सवारीसाधन प्रयोग गर्न बाधा नपर्ने उल्लेख गरेको बताए।

प्रकाशित: १० फाल्गुन २०८२ २१:१६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App