२९ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
राजनीति

मधेश बलियो भए मात्रै मुलुकमा सङ्घीयता सुरक्षित रहन्छः उपेन्द्र

जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले मुलुकमा सङ्घीय प्रणालीको रक्षा मधेशको बलियो उपस्थिति र खबरदारीमा मात्रै निर्भर रहेको बताएका छन्।

सप्तरीको डाक्नेश्वरी नगरपालिकास्थित पथरगाडामा चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष यादवले सङ्घीयताको जननी नै मधेश प्रदेश भएकाले मधेशको सङ्घर्ष, बलिदान र आन्दोलनकै परिणामस्वरूप देशमा सङ्घीयता स्थापित भएको स्मरण गराए। 

‘सङ्घीयतालाई असफल देखाउने, अधिकार कटौती गर्ने र पुनः केन्द्रीकृत शासनतर्फ फर्काउने प्रयास भइरहेको छ,’ सप्तरीको चुनावी अभियानमा रहेका अध्यक्ष यादवले आज मतदातालाई सम्बोधन गर्दै भने, ‘तर मधेश जागरुक छ भने त्यस्ता कुनै पनि षड्यन्त्र सफल हुँदैनन्।’

सप्तरी निर्वाचन क्षेत्र नं-३ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार रहेका अध्यक्ष यादवले सङ्घीयतामाथि भइरहेको प्रहारप्रति गम्भीर चिन्ता व्यक्त गर्दै केही शक्ति सङ्घीय व्यवस्थालाई कमजोर पार्ने र अन्ततः समाप्त गर्ने षड्यन्त्रमा लागेको आरोप लगाए।

‘मुलुकमा संङ्घीयता धानिएकै मधेश प्रदेशको दृढ अडानको कारणले हो। मधेशले आवाज उठाएन भने सङ्घीयता केवल कागजमा सीमित हुनेछ। अधिकारको रक्षा गर्न मधेश सधैँ अग्रपङ्क्तिमा उभिएको छ,’ अध्यक्ष यादवले भने।

मधेशको शक्तिलाई कमजोर बनाउने कुनै पनि प्रयास अन्ततः सङ्घीयता कमजोर पार्ने प्रयास भएको उनले स्पष्ट पार्दै भने, ‘मधेश कमजोर भयो भने सङ्घीयता रहँदैन। त्यसैले मधेशलाई राजनीतिक, आर्थिक र प्रशासनिक रूपमा बलियो बनाउनु आजको आवश्यकता हो।’

प्रकाशित: १० फाल्गुन २०८२ २१:१९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App