हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन। हाल देशभर मुख्यतया मौसम सफा रहेको पूर्वानुमान महाशाखाले जनाएको छ।
आज दिउँसो कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ। राती देशभर आंशिक बदली रहने पूर्वानुमान महाशाखाले जनाएको छ।
प्रकाशित: २७ मंसिर २०८२ ०६:३७ शनिबार





