११ चैत्र २०८२ बुधबार
image/svg+xml
समाज

दीपकराजको व्यङ्ग्य- लौ न मन्त्रीहरूलाई घुस कसरी खाने, तालिम दिनुपर्‍यो !

कलाकार दीपकराज गिरीले घुस प्रकरणमा मुछिएका मन्त्रीहरूमाथि व्यङ्ग्य कसेका छन्। उनले मन्त्रीहरूलाई घुस खानका लागि सिकाउनुपर्ने भन्दै व्यङ्ग्य कसेका हुन्।

'लौ न मन्त्रीहरूलाई घुस कसरी खाने भनेर तालिम दिनुपर्‍यो। घुस खान पो रोक्न सकिन्न त, समाचार त रोपक्नुपर्‍यो नि। भोलि मन्त्री खाने मान्छे नपाइएला,' गिरीले फेसबूकमा लेखेका छन्।

भर्खरै सङ्घीय मामिला तथा समान्य प्रशासनमन्त्री राजकुमार गुप्ता र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले घुसबापत् पैसा लिएको विषयहरू सार्वजनिक भइरहेका छन्। गुप्ताले राजीनामासमेत दिइसकेका छन् भने अधिकारी पनि विवादित बनिरहेका छन्।

यसकै प्रति व्यङ्ग्य गर्दै गिरीले उनीहरूलाई घुस खान सिकाउनुपर्ने भन्दै व्यङ्ग्य कसेका हुन्।

प्रकाशित: १ श्रावण २०८२ ११:०६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App