१६ फाल्गुन २०८२ शनिबार
image/svg+xml
समाज

अझै सुनसानियाे काठमाडौंकाे सडक

विजयादशमीको बिहान आज काठमाडौँ उपत्यकाका सडक सुनसान जस्तै छन्। काठमाडौँबाट बाहिरका जिल्लामा दसैँ मनाउन जानेहरू गइसकेको र यही रहनेहरू घरघरमा टीकाको तयारीमा रहेकाले सडक न्यून सवारीसाधन आवागमन भएको देखिन्छ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले सडकमा यातायातका आवागमन न्यून प्रायः रहेको बताए। टीकाको समय सुरु भएपछि अन्य ठाउँमा टीका लगाउन जाने र आउनेको चहलपहल भने बढ्ने कार्यालयले जनाएको छ।

दसैंको नवमीका दिनसम्म छ लाख ११ हजार पाँच सय ५७ जना काठमाडौंबाट बाहिरिएको कार्यालयको तथ्याङ्क छ।

प्रकाशित: १६ आश्विन २०८२ ११:०२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App