फागुन २१को निर्वाचन पछि गठन हुने सरकारमा सहभागी मन्त्रीले सरकारी निवास पाउने छैनन् ।
मन्त्रीहरू बस्दै आएको भैसेपाटीस्थित नयाँ मन्त्री क्वाटरको प्राय: सबै ब्लक गत भदौ २४ गते भएको जेन-जी आन्दोलनको क्रममा आगलागी भएर क्षति ग्रस्त भएका छन भने पुल्चोकमा रहेको पुरानो मन्त्री क्वाटरमा सर्वोच्च अदातलकका न्यायाधीश बस्न थालिसकेका छन् ।
वर्तमान सरकारका सहभागी मन्त्रीहरू निजि निवासमै बसिरहेका छन् । त्यसैले अब बन्ने सरकारका मन्त्री निजि निवासमै बस्नु पर्ने भएको छ ।
सञ्चालनमा आएको डेढ वर्ष नपुग्दै भैंसेपाटीस्थित नयाँ मन्त्री निवास गत भदौ २४ गते जेन–जी आन्दोलनको क्रममा तत्काल प्रयोग गर्न नमिल्ने गरी आगजनी तथा तोडफोड भएको विवरण तयार गरिएको छ।
सहरी विकास मन्त्रालय मातहतको संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयले यतिबेला नयाँ मन्त्री निवासमा भएको क्षतिबारे विवरण संकलन गरिरहेको छ । क्षतिको विस्तृत विवरण संकलन गर्ने तथा डिजाइनको काम अहिले अन्तिम चरणमा पुगेको सचिवलायका सूचना अधिकारी अरुण भुजेलले बताए । उनका अनुसार आगलागीबाट धेरै क्षति भएका ब्लकको तत्काल पुनर्निर्माण हुँदैन । त्यस्ता ब्लकको पुनर्निर्माण गर्ने केही समय लाग्छ । तर सामान्य क्षति भएका ब्लकको पुनर्निर्माणको काम भने जति सक्दो चाँडै गर्ने तयारी भइहहेको भुजेलले बताए । ‘सामान्य ममर्त गरेर तयार हुने ब्लकको पुनर्निर्माण चाँडै गर्छौ । तर धेरै क्षति भएका ब्लकको पुनर्निर्माण गर्न केही समया लाग्छ’, उनले भने ।
सचिवलाय स्रोतका अनुसार सामान्य ममर्त गरेर पुनर्निर्माण हुन सक्ने ब्लकहरू थोरै छन् । धेरैजसो ब्लकको पुनर्निर्माण गर्न टेण्डर प्रक्रियामै जानु पर्ने अवस्था छ । त्यसैले फागुन २१को निर्वाचन पछि गठन हुने सरकारका धेरैजसो मन्त्रीहरू निजि निवासमै बस्नु पर्नेछ । ‘एक/दुई जना मन्त्रीको लागि भने भैसेपाटी स्थित नयाँ मन्त्री क्वाटरका केही ब्लक तयार गर्ने काम भइरहेको छ,’ सचिवालय स्रोतको भनाइ छ ।
सचिवालयका स्रोतका अनुसार तत्काल भैंसेपाटीस्थित नयाँ मन्त्री–निवास प्रयोग गर्न नमिल्ने गरी आगजानी तथा क्षति भएको छ। ‘मन्त्रीका लागि बनाइएका २७ वटा ब्लकमध्ये एउटा मात्र ब्लक, जसमा तत्कालिन रक्षामन्त्री मानवीर राई बसेका थिए, त्यसमा भने कम क्षति भएको छ। ‘अरू सबै ब्लकमा पुनर्निर्माण नगरी प्रयोग गर्न सकिँदैन’, सचिावलयका एक कर्मचारीले भने, ‘तत्कालिन रक्षा मन्त्री बसेको ब्लकमा पनि सामान्य क्षति भएको छ। झ्यालका सिसा फुटेको छ। फुटेका सिसा परिवर्तन गरेर तथा अन्य मर्मत गरेर मात्र सो ब्लक प्रयोग गर्न सकिन्छ।’
उनका अनुसार जेन-जी आन्दोलनको क्रममा मन्त्री निवासका २७ वटा ब्लकमध्ये २६ ब्लक पूर्ण रूपमा ध्वस्त भएका छन्। सचिवालयका अनुसार भैंसेपाटी मन्त्री क्वाटरलाई हाल भैसेपार्टी मन्त्री क्वारटलाई नेपाल प्रहरीले सुरक्षा दिइरहेको छ । सुरुमा नेपाली सेनाले दिएको थियो ।
भैंसेपाटीमा मन्त्रीका लागि २७ वटा ब्लक, एउटा साइड अफिस, एउटा जिम खाना, एउटा हेल्थ क्लब र तीन वटा सुरक्षाकर्मीका लागि कोठा निर्माण भएका छन्। २०८१ असार पहिलो साताबाटै केपी शर्मा ओली नेतृत्वको निवर्तमान सरकारका मन्त्रीहरू भैंसेपाटी सर्न सुरु गरेका थिए।
२०८१ भदौसम्म तत्कालिन केपी शर्मा ओली नेतृत्व सरकारका सबै मन्त्री भैंसीपाटी सरिसकेका थिए। मन्त्री सरेको एक वर्षमै नयाँ मन्त्री क्वाटर जेन–जी आन्दोलनबाट ध्वस्त भएको छ। । नयाँ मन्त्री निवास बनाउन सरकारले ठूलो रकम लगानी गरेको छ। जेन-जी आन्दोलनबाट आगलागी हुँदा सरकारको लगानी खेर गएको छ।
भैंसेपाटीमा मन्त्री निवास बनाउन सरकारले २०७६ कात्तिकमा केसी–समानान्तर जेभी व्यावसायिक कम्पनीसँग सम्झौता गरेको थियो। दुई वर्षभित्रै काम सक्नेगरी सम्झौता भएको थियो तर पटक–पटक म्याद थप गर्नुपरेकाले निर्माण अवधि लम्बिएको थियो। पहिलो चरणको कामका लागि सरकारले एक अर्ब तीन करोड ४६ लाख ८३ हजार रुपैयाँ छुट्याएको थियो। त्यसपछि हरेक वर्ष सरकारले बजेट छुट्याउँदै आएको थियो । हालसम्म सबै काम पूरा गर्न तीन अर्ब रुपैयाँ हाराहारी खर्च लागेको बुझिएको छ।
भैंसेपाटीमा संघीय सरकारका मन्त्री, राष्ट्रियसभाका अध्यक्ष र उपाध्यक्ष, प्रतिनिधिसभाका उपसभामुखका लागि २७ वटा छुट्टाछुट्टै भवन निर्माण गरिएका छन्। भैंसैपाटीस्थित मन्त्री निवासको क्षेत्रफल ९६ रोपनी १० आना छ। हरेक भवनले करिब सात आना क्षेत्रफल ओगटेका छन्।
सहरी विकास मन्त्रालय मातहतको विशेष भवन आयोजनाका अनुसार नयाँ मन्त्री निवासमा जिम हल, पौडी पोखरी, सामुदायिक भवन, किराना पसल तथा सुरक्षा निकायका लागि बस्ने कोठासहित मन्त्री निवास बनाइएको थियो। प्रत्येक भवनको माथिल्लो तलामा योगका लागि कोठा बनाइएको थियो।त्यस्तै प्रत्येक भवनको भुइँतलामा आगन्तुक प्रतीक्षा कोठा, बैठक कोठा, निजी कोठा र स्वकीय सचिव बस्ने कोठा थिए।
दोस्रो तलामा आवासका लागि कोठा छुट्याइएको थियो। प्रत्येक भवनमा एउटा पूजा कोठा पनि बनाइएको थियो। मन्त्री निवास नेपाली कला, संस्कृति तथा परम्परा झल्कने गरी बनाइएको थियो। पुल्चोकस्थित मन्त्री निवास साँघुरो भएकाले सरकारले भैंसेपाटीमा नयाँ निवास बनाएको हो।
प्रकाशित: ८ माघ २०८२ १९:१५ बिहीबार





