हाल देशभर मनसुनी वायु र स्थानीय वायुको प्रभाव रहेको छ।
जल तथा मौसम विभाम, मौसम पूर्वामान महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली हुनेछ। कोशी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराईका केही भूभाग र मधेस प्रदेश लगायत पहाड र तराई भूभागका थोरै ठाउँमा मध्यम वर्षाको सम्भावना छ।
लुम्बिनी प्रदेशका तराई, कर्णाली र वाग् मती प्रदेशको पहाडी भूभागका एकदुई ठाउँमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।
यस्तै आज राति देशभर साधारणतया बदली हुनेछ भने कोशी, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भूभाग र मधेस प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका पहाडी र तराई भूभागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ।
कोशी, मधेस, वाग्मती, लुम्बिनी र गण्डकी प्रदेशको एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ।
प्रकाशित: १७ आश्विन २०८२ ०८:०१ शुक्रबार





