२ चैत्र २०८२ सोमबार
image/svg+xml
समाज

‘वास्तविक घाइते आउनुभयो भनेर गृहमन्त्री खुसी हुनुभयो’

जेन-जी प्रदर्शनका क्रममा घाइते भएकाले गृहमन्त्रीलाई भेटेपछि गृहमन्त्री ओमप्रकाश अर्यालले रियल जेन-जीसँग भेट भएको भन्दै खुसी भएको बताएका छन् ।  

ज्ञापनपत्र बुझाएपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनीहरूले जेन-जीको नेतृत्व हाइज्याक भएको गुनासो गरे । आफूहरूले गृहमन्त्रीलाई जेन-जीको नेतृत्व हाइज्याक भएको व्यक्तिगत र सामूहिक रुपमा सुनाएका बताउँदै उनीहरूले गृहमन्त्रीले अब एक स्टेप कदम चाल्ने आश्वासन दिएको पनि बताए ।  

उनले भने, ‘गृहमन्त्री ज्यूलाई हामीले हाम्रो नेतृत्व हाइज्याक भयो भनेर सुनायौँ । उहाँले पनि तपाईंहरू जस्तो रियल घाइते आउनुभएको थिएन भन्नुभयो । उहाँले अब एक स्टेप चाल्ने भन्नुभएको छ । हाम्रो पक्षमा काम गर्ने भन्नुभएको छ । त्यो कति सत्य सावित हुन्छ भोलिले देखाउला । हामीलाई थामथाम थुमथुम पार्न मात्र भनिएको रहेछ भने पनि भन्नु केही छैन ।’

आफूहरू घाइते अवस्थामा अस्पतालमा लडिरहेका बेला प्रधानमन्त्रीको बार्गेनिङ भएको गुनासो उनीहरूले गरेका छन् । घाइतेले ज्ञापनपत्र बुझाउन जाँदा प्रहरीले रोकेपछि सिंहदरबार अगाडि धर्ना दिएरै भए पनि गृहमन्त्रीलाई भेटेर आफ्ना कुरा राखेका थिए ।

प्रकाशित: ५ आश्विन २०८२ १५:५२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App