२२ पुस २०८२ मंगलबार
image/svg+xml
समाज

ग्यास लिक हुँदा घरमा आगलागी

फाइल तस्बिर

जुम्लाको पातारासी गाउँपालिका-६ बाता गाउँमा एक घरमा आगलागी भएको छ।

कच्ची घरको दोस्रो तलाको कोठामा ग्यास चुलोमा आगो बाल्ने क्रममा एक्कासी आगलागी भएको हो। स्थानीय रणु महताराकाे जस्ताले छाएको तीन तले घरमा बिहान साढे ६ बजे बिहान चुलो बाल्दा अचानक ग्यास लिक भइ आगलागी भएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ। 

मानवीय क्षति नभए पनि अन्नपात, लत्ताकपडा, भाँडाबर्तन जलेर नष्ट भएको छ। अहिले आगो नियन्त्रणमा आइसकेको छ।

आगलागी भएको जानकारी पाउने बित्तिकै अस्थायी प्रहरी चाैकी पाेष्टका प्रहरी हवल्दार मनाेजराज गिरीको नेतृत्व टाेलीले पुगेको थियो। आगलागीको विस्तृत विवरण र क्षतिको मूल्याङ्कन कार्य भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: ११ श्रावण २०८२ १०:३६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App