२३ पुस २०८२ बुधबार
image/svg+xml
समाज

दैलेखमा जबरजस्ती करणीको घटनाहरू वर्षेनी बढ्दो

प्रगति विवरण जिल्ला प्रहरी कार्यालय दैलेखले सार्वजनिक गर्दै । तस्बिर: गोविन्द केसी/नागरिक

दैलेखमा वर्षेनी जबरजस्ती करणीका घटनाहरू बढ्दो अवस्थामा रहेको पाइएको छ । जिल्ला प्रहरी कार्यालय दैलेखले सार्वजनिक गरेको मुद्दाहरू हेर्दा जबरजस्ती करणीको घटनाहरू वर्षेनी बढ्दो पाइएको हो ।

आर्थिक वर्ष ०७९/०८० मा १८ जना, ०८०/०८१ मा २० जना र ०८१/०८२ मा २५ जना गरी ६३ जनामाथि जबरजस्ती करणी भएको मुद्दा जिल्ला प्रहरी कार्यालयमा दर्ता भएको छ । प्रहरीले पीडितले दिएको जाहेरीको आधारमा तिन आर्थिक वर्षभित्र ५५ जनालाई पक्राउ गरी कानुनी दायरामा ल्याएको छ । जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख (डिएसपी) गणेश बरालले जबरजस्तीका घटनामा अझ बढी प्रहरी संवेदनशील भएर काम गरिरहेको बताए । जबरजस्ती करणीका घटनामा बढी पीडितहरू आफन्तबाट भएको समेत खुलेको छ ।

दैलेख प्रहरीका अनुसार जबरजस्ती करणीका घटनापछि आत्महत्याका घटना बढी हुने गरेको पाइएको छ । जसमा तिन आर्थिक वर्षमा १ सय ४१ जनाले दैलेखमा आत्महत्या गरेको घटनाहरू सार्वजनिक गरिएको छ । त्यस्तै पछिल्लो समय तराई हुँदै पहाडसम्म पुगेको लागुऔषधका घटनाहरू पनि दैलेख प्रहरीले झेल्नुपरेको छ । जसमा तिन वर्षमा १९ वटा मुद्दा चलाएको छ । जसमा ३१ जना पक्राउ गरी मुद्दा चलेको थियो । पक्राउ परेकाहरू मध्ये लागुऔषध १८ देखि ३० वर्ष उमेर समुहमा बढी सेवन गरेको पाइएको छ ।

प्रकाशित: ४ श्रावण २०८२ १२:२१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App