नेकपा (एमाले) को प्रचार तथा प्रकाशन विभाग प्रमुखको जिम्मेवारी केन्द्रीय सदस्य मीनबहादुर शाहीले पाएका छन्।
पार्टीको आज (मंगलबार) बसेको सचिवालय बैठकले शाहीलाई प्रचार विभाग प्रमुखमा चयन गर्ने निर्णय गरेको हो।
कालीकोट स्थायी घर भएका शाही लामो समयदेखि सञ्चार कर्म र सामुदायिक रेडियो अभियानमा सक्रिय थिए।
उनी सामुदायिक रेडियो प्रसारक संघ (अकोराव) को दुई कार्यकाल अध्यक्ष भइसकेका छन्।
शाही सामुदायिक सूचना नेटवर्कका संस्थापक हुन् भने सामुदायिक रेडियोहरूको विश्व संगठनको सह-अध्यक्षको जिम्मेवारी समेत सम्हालिसकेका छन्।
सामुदायिक रेडियो सञ्चालकको पृष्ठभूमिबाट एमालेको मूलधारको राजनीतिमा प्रवेश गरेका शाही पार्टीको ११ औं महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए।
प्रकाशित: २२ पुस २०८२ २२:५० मंगलबार





