२५ फाल्गुन २०८२ सोमबार
image/svg+xml
समाज

बाढीले पावरहाउस बगाउँदा बिजुली आपूर्ति बन्द

तस्बिर : एआई

जैमिनी नगरपालिका–९ पैयुथन्थापस्थित कालुङ्खोला लघुजलविद्युत् आयोजनाको बाँध र पावरहाउस बगाएको छ।

आज बिहानको बाढीले आयोजनाको बाँधसँगै पावरहाउस बगाएको स्थानीय गंगा आचार्यले बताए। गत वर्ष ३५ लाख रुपैयाँ खर्चेर बनाइएको स्टिल पुल पनि बगेको आचार्यले बताए। बाढीले केन्द्रीय विद्युत् प्रसारण लाइनको ट्रान्सफर्मरमा पनि क्षति भएको छ। ट्रान्सफर्मरमा क्षति भएपछि पैयुथन्थापका एक सय ३० घरमा बिजुली आपूर्ति बन्द भएको छ।

पैयुथन्थापको खरेयाबोटका दुई परिवार बाढीबाट विस्थापित भएका छन्। सात परिवार बाढीपहिरोको जोखिममा रहेको स्थानीय आचार्यले बताए। बाढीबाट खोला किनारमा लगाइएको धानबाली क्षति भएको छ। रासस

प्रकाशित: २५ असार २०८२ ११:३० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App