२० मंसिर २०८२ शनिबार
image/svg+xml
समाज

पुरिएका कामदारको शव निकालियो

कर्णाली करिडोरको घाटचौर भीरमा बिहीबार दिउँसो खसेको सुक्खा पहिरोमा पुरिएका कामदारको शव निकालिएको छ ।

सडक खन्न प्रयोग भइरहेको डोजरका लागि डिजल बोकेर हिँड्दै गरेका बेला शुक्रबार दिउँसो पचालझरना गाउँपालिका  ७ का नुवाखेतका २९ वर्षीय पृर्थी बोहोरा पहिरोमा पुरिएका थिए । डोजरले चट्टान पन्छाएर शुक्रबार दिउँसो बोहोराको शव निकालेर आफन्तलाई दिइएको हो ।  

पहिरोसँगै चट्टान खसेकोले पुरिएका बोहोरालाई निकाल्न ढिलाइ भएको थियो ।  

कर्णाली करिडोर अन्तर्गत थिर्पू घाटचौरदेखि बाजुराको पिलुचौरसम्म कर्णाली नदी किनाराबाट नेपाली सेनाको विकास निर्माण कार्यदलले बिस्फोटनसहित ११ किलोमिटर सडक निर्माण गरिरहेको छ ।

प्रकाशित: १२ मंसिर २०८२ १६:१२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App