२६ फाल्गुन २०८२ मंगलबार
image/svg+xml
समाज

माटोको ढिस्कोले पुरिएर किशोरीको मृत्यु

डोटीमा माटोको ढिस्कोले पुरिएर एक किशोरीको मृत्यु भएको छ।

घर लिप पोतका लागि माटो खन्न गएकी सायल गाउँपालिका–२ ग्वानीकी १६ वर्षीया किशोरी एलिना सिंहको ढिस्कोले पुरिएर मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालयकाअनुसार मंगलबार बिहान ९ः४८ बजेतिर घर नजिकैको गौसिल भन्ने ठाउँमा माटो खन्ने क्रममा ढिस्कोले पुरिएर सिंहको घटनास्थलमै मृत्यु भएको हो।  

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुवर्ण चन्दको नेतृत्वमा चार जनाको टोली घटनास्थलतर्फ प्रस्थान गरेको जनाइएको छ। रासस

प्रकाशित: २६ फाल्गुन २०८२ १३:०३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App