अर्थमन्त्री रामेश्वर खनालले कूटनीतिक राहदानी (पासपोर्ट) फिर्ता गरेका छन्।
चुनाव गराउनका लागि बनेको अन्तरिम सरकारमा अर्थ मन्त्री बनेका खनालले चुनाव सम्पन्न भएलगत्तै राहदानी फिर्ता गरेका हुन्।
मन्त्री खनालले मन्त्रालयअन्तर्गत प्रशासन महाशाखालाई पत्रसहित रातो पासपोर्ट बुझाएको सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन्।
प्रकाशित: २६ फाल्गुन २०८२ १२:५६ मंगलबार

