२६ फाल्गुन २०८२ मंगलबार
image/svg+xml
समाज

ललितपुरबाट चितुवाको उद्धार

ललितपुरको जावलाखेलस्थित सदर चिडियाखानाको प्राविधिक टोलीले ललितपुर, कुसुन्ती हाइटको माछापुच्छ्रे स्कूलको स्टोरबाट मंगलबार बिहान एक चितुवाको उद्धार गरेको छ।

सो टोलीले सातदोबाटो प्रहरी, जिल्ला वन कार्यालय ललितपुर, ललितपुर महानगरीय प्रहरीको टोलीको संयुक्त सहयोगमा ‘डार्ट’ गरेर चितुवाको उद्धार गरेको हो।  

अनुमानित १० वर्षको ६० केजी तौलको चितुवाको उद्धारपछि उपचारका लागि चिडियाखानाको वन्यजन्तु अस्पतालमा राखिएको सदर चिडियाखाना प्रमुख सत्यनारायण साहले जानकारी दिए। उपचारपछि उक्त चितुवालाई प्राकृतिक बासस्थानमै छोडिने उनले बताए।

चिडियाखानाले विगत एक वर्षमा २४१ वन्यजन्तु, चराचुरुङ्गी, स्तनधारी जीवलगायतको उद्धार गरेको छ। त्यसमध्ये उपचार गरी ५७ वन्यजन्तु, चराचुरुङ्गी, स्तनधारीलाई प्राकृतिक बासस्थानमै छाडिएको थियो। चिडियाखानामा हाल ११५ प्रजातिका एक हजार ३०० बढी वन्यजन्तु छन्। रासस

प्रकाशित: २६ फाल्गुन २०८२ १३:११ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App