विश्व फुटबल जगतका स्टार लियोनल मेस्सी आफनो करियरको ९०० गोल पूरा गर्न एक गोलमात्र टाढा छन्।
शनिबार डिसी युनाइटेडविरुद्ध इन्टर मियामीका लागि गोल गरेपछि लियोनेल मेस्सी करियरको ९०० गोल पुग्नबाट एक गोल मात्र टाढा रहेका हुन्।
आठ पटकका बालोन डी.ओर विजेताले उनले इन्टर मियामीका लागि ८० गोल गरिसकेका छन्। त्यस्तै, मेस्सीले बार्सिलोनाका लागि ६७२, पीएसजीका लागि ३२ गोल गरेका छन् भने राष्ट्रिय टोली अर्जेन्टिनाका लागि ११५ गोल गरेका छन्।
उनले अब मार्च ११ मा इन्टर मियामीले न्यासभिलसँग खेल्दा आफ्नो करियरको ९०० औं गोल गर्ने मौका पाउनेछन्।
प्रकाशित: २४ फाल्गुन २०८२ १७:२८ आइतबार





