३० फाल्गुन २०८२ शनिबार
image/svg+xml
समाज

जुम्लामा नेपाली सेनाद्वारा शंकास्पद बस्तु डिस्पोज

जुम्लाको तातोपानी( ४ मा रहेको जयतपुरको खुल्ला चौरमा भटिएको शंकास्पद वस्तु नेपाली सेनाले डिस्पोज गरेको छ। सोमबार विहानै भेटिएको शंकास्पद वस्तु सेनाको टोलीले डिस्पोज गरेको हो ।  

विहान ७ बजेतिर स्थानीयबाट खवर प्राप्त भएको देवीदत्त गण जुम्लाका गणपति धिरज थापाले बताए। खबरपछि देवीदत्त गणबाट खटिएको नेपाली सेनाको बम डिस्पोजल टोलीले सकेट बम जस्तो देखिने शंकास्पद बस्तु डिस्पोज गरेको गणपति थापाले जनाए । 

उक्त बस्तु खिया लागेर लामो समयदेखि बेबारिसे अवस्थामा रहेको पनि सेनाले जनाएको छ । 

प्रकाशित: ३० असार २०८२ १७:५७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App