सर्वोच्च अदालतले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का तत्कालीन महानिर्देशक प्रदीप अधिकारीलाई थुनामुक्त गर्न अस्वीकार गरेको छ । शुक्रबार न्यायाधीशहरू हरिप्रसाद फुयाल र शान्तिसिँह थापाको इजलासले विशेष अदालतले गरेको पुर्पक्षका लागि थुनामै पठाउने आदेश सदर गरेको हो।
भक्तपुरको नलिञ्चोक हेलिपोर्ट निर्माणमा भ्रष्टाचार गरेको आरोपमा दायर मुद्दामा विशेष अदालतले मंसिर २१ गते अधिकारीलाई थुनामा पठाउने आदेश गरेको थियो। सो आदेशविरुद्ध अधिकारी सर्वोच्च पुगेका थिए ।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले १३ करोड ५७ लाख ४६ हजार २१३ रुपैयाँ बिगो माग गर्दै तत्कालीन महानिर्देशक अधिकारीसहित ६ जना र एउटा कम्पनीविरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो।
प्रकाशित: २३ माघ २०८२ १७:३९ शुक्रबार





