१ पुस २०८२ मंगलबार
image/svg+xml
समाज

आम्दानीको स्रोत दुर्गा मुर्ति, दशैंलाई मुर्ति बनाउन भ्याइनभ्याइ

जिल्लामै मुर्तिकार भनेर चिनिएका कपिलवस्तु नगरपालिका-१ भिक्षुटोलका सुनिल तिवारीलाई यतिबेला मुर्ति बनाउनै चटारो छ । बिगत सात वर्षदेखि मुर्ति बनाउने काममा लागेका तिवारीलाई नजिकिदै गरेको दशैंलाई मुर्ति बनाउन भ्याईनभ्याई छ । मुर्ति व्यवसायलाई आफनो जीवनको आधार बनाएका उनले बावा मुर्ति कला केन्द्र नामको फर्म दर्ता गराएका छन ।  

दशैंको बेला प्रदर्शन गरिने दुर्गा भगवतीका मुर्तिका बनाउन अर्डर आएकोले दिनरात मुर्ति बनाउन लागि परेको उनले बताए । विजयादशमीमा जिल्लाका विभिन्न स्थानमा निकालिने देवी देवताको माटोका मुर्ति बनाउन भ्याईननभ्याई छ । ३ महिना अघिदेखि मुर्ति बनाउन सुरु गरेका उनी अहिले विभिन्न आकारका मुर्ति बनाउन तल्लनी छन् ।

मूर्ति निर्माण कार्य अन्तिम चरणमा पुगेकोले उनी अहिले सजावट तथा रंगरोगन कार्यमा लागेका छन । ‘डेलीभरी समयमै दिन छ अहिले मुर्ति बनाउन भ्याईनभ्याई छ’ उनले भने ।  

उनी अहिले दुर्गा भगवाती दानव तथा विभिन्न देवी देवताका मुर्तिमा रंग लगाउन व्यस्त छन् । दशैंको बेला प्रदर्शन गरिने दुर्गा भगवतीका मुर्ति बनाउन अर्डर आएकोले दिनरात मुर्ति बनाउन लागि परेको उनले बताए । ‘समयमा डेलिभरी दिन परेकोले अहिले एक छिन फुर्सद छैन’ उनले भने ।  

एउटा मुर्ति बनाउन ज्याला बाहेक ८ देखि १२ सम्म हजार खर्च रहेको उनले बताए । त्यस हिसाबले पनि अहिलेका सिजनमा मात्र ढेड लाख शुद्ध आम्दानी हुने उनले बताए । मुर्ति बनाउन उनले १ जना हेल्पर समेत राखेका छन ।  

धेरै जसो घटस्थापनाका दिन र केही सप्तमीका दिन अर्डर दिएकाहरुले मुर्तिहरु लौजने उनले बताए । दुर्गा, बाघ, भैंसी, राक्षस, गणेश, लक्ष्मी, कार्तिके लगायतका मुर्ति निर्माण भएका छन् ।  

एक सेटको २० देखि ५० हजार सम्मका मुर्ति बनाएको उनले बताए । १५ वर्षदेखि मुर्ति बनाउने कार्यमा लागेको उनले यसपाली पाँच लाख आम्दानी गर्ने बताए । 

प्रकाशित: ५ आश्विन २०८२ २१:२६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App