सुर्खेत–जुम्ला सडकअन्तर्गत कालीकोटको खाँडाचक्र नगरपालिका–२ कालेखोला, एसमोड, भत्किँदा अवरुद्ध कर्णाली राजमार्गमा साना गाडी खुलेका छन्।
पहिरो खस्दा राजमार्ग अवरुद्ध भएकोमा अहिले साना गाडीहरू चलेको कालीकोटका प्रहरी प्रमुख डीएसपी टेकबहादुर रावतले जानकारी दिए। उनले भने, ‘हुल्मदेखि दहीखोलासम्म पहिरो पन्छाएर कालेखोलामा साना सवारी साधनहरू सुचारु भएको।’
वर्षाले कर्णाली राजमार्गअन्तर्गत कालीकोट खण्डको दहीखोला, गगनेखोला, एसमोड र हुल्ममा बारम्बार पहिरो जाने गरेको छ।
प्रकाशित: १३ भाद्र २०८२ १५:३२ शुक्रबार





