१४ आश्विन २०८३ बुधबार
image/svg+xml
समाज

इटहरीमा आजदेखि सीप तथा रोजगार मेला

युवालाई व्यावहारिक सीप प्रदान गर्दै रोजगारीमा जोड्ने उदेश्यले सुनसरीको इटहरीमा ‘सीप तथा रोजगार मेला, २०८३’ आयोजना हुँदैछ। 

युवा, श्रम तथा रोजगार मन्त्रालयको आयोजना गरेको उक्त मेला असोज २० गतेसम्म सञ्चालन हुनेछ। मेलाको उद्घाटन प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले गर्ने कार्यक्रम छ।  

युवालाई उद्यमशीलतातर्फ आकर्षित गर्ने उद्देश्यले ‘आजको युवा, भोलिको उद्यमी ः सार्क संवाद’ शीर्षकमा विशेष प्यानल छलफल सञ्चालन गरिने आयोजकले जनाएको छ। 

मेलाको मुख्य उद्देश्य युवाको सीप पहिचान गरी रोजगारदाता तथा तालिम प्रदायक संस्थासँग प्रत्यक्ष सम्पर्क स्थापित गराउनु रहेको मन्त्रालयले जनाएको छ। 

आज दिउँसो १२ बजेदेखि ५ बजेसम्म तालिममा सहभागी छनोट, प्रशिक्षार्थीको समूह विभाजन, रोजगार मिलानका लागि सीप प्रोफाइलिङ, रोजगारदाता तथा तालिम प्रदायक संस्थाको परिचय र सूचना तथा परामर्श सेवा सञ्चालन गरिनेछ। 

भोलिदेखि असोज १९ गतेसम्म १० वटा विभिन्न विषयगत ट्रेडमा पाँचदिने व्यावहारिक तालिम सञ्चालन हुनेछन्। तालिममार्फत युवालाई बजारको मागअनुसार आवश्यक सीप प्रदान गर्ने लक्ष्य राखिएको छ। 

मेला अवधिभर प्रदर्शनी स्टल, सूचना तथा परामर्श सेवा, रेफरल सुविधा, रोजगार मिलान र उद्यमशीलतासम्बन्धी छलफलसमेत सञ्चालन हुनेछन्। 

प्रकाशित: १४ आश्विन २०८३ ११:२९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App