नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि ताप्लेजुङबाट पदेनबाहेक चयन हुने ३३ जना केन्द्रीय महाधिवेशन प्रतिनिधिमध्ये ७ जना निर्विरोध चयन भएका छन्।
निर्वाचन अधिकृत शिवराज पोखरेलका अनुसार अपाङ्गतातर्फ तिलप्रसाद सुब्बा, अल्पसंख्यकतर्फ तेजकुमार सुनुवार ९जंग०, आदिवासी जनजाति महिला समानुपातिकतर्फ कविता सुब्बा, जसोदा गुरुङ मादेन र प्रमिला गुरुङ निर्विरोध चयन भएका छन्। त्यस्तै, दलिततर्फ जसबहादुर बर्देवा ९पुजन० र दलित समानुपातिकतर्फ टीकेन्द्र नेपाली पनि निर्विरोध भएका छन्।
ताप्लेजुङबाट प्रत्यक्षतर्फ २३ र समानुपातिकतर्फ १० गरी कुल ३३ जना महाधिवेशन प्रतिनिधि चयन हुनुपर्नेमा ७ जना निर्विरोध भएपछि अब निर्वाचनमार्फत २६ जना प्रतिनिधि चयन हुनेछन्।
ताप्लेजुङबाट पदेनसहित कुल ४४ जना महाधिवेशन प्रतिनिधि चयन हुनेछन्। क्षेत्रीय ९प्रादेशिक० कार्यसमितिका सभापति र पालिका कार्यसमितिका सभापति स्वतः पदेन केन्द्रीय महाधिवेशन प्रतिनिधि हुने व्यवस्था छ । ताप्लेजुङमा पदेन महाधिवेशन प्रतिनिधिको संख्या ११ रहेको छ।
यसैगरी, ताप्लेजुङबाट पदेनबाहेक १२ जना महासमिति सदस्य चयन हुनेछन्। प्रत्यक्षतर्फ ८ र समानुपातिकतर्फ ४ जना महासमिति सदस्य चयन हुने व्यवस्था छ। प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिका सभापति स्वतः महासमिति सदस्य हुने भएकाले पदेनसहित जिल्लाबाट १४ जना महासमिति सदस्य हुनेछन्।
महासमिति सदस्यका लागि पदेनबाहेक महाधिवेशन प्रतिनिधि हुनु अनिवार्य छ। प्रत्यक्षतर्फ दुई महिला, पाँच खुला र ३५ वर्षमुनिका एक युवा गरी आठ जना महासमिति सदस्य चयन हुनेछन्।
नेपाली कांग्रेसको निर्वाचन निर्देशिका, २०८३ अनुसार समानुपातिकतर्फ आदिवासी जनजातिबाट कम्तीमा एक महिलासहित तीन जना र खस–आर्यतर्फ एक जना गरी चार जना महासमिति सदस्य चयन हुने व्यवस्था छ। महासमिति सदस्यको निर्वाचन भने जिल्ला अधिवेशनसँगै हुने कांग्रेस नेताहरूले बताएका छन्।
प्रकाशित: १४ आश्विन २०८३ ११:०२ बुधबार





