१८ मंसिर २०८२ बिहीबार
image/svg+xml २०:११ अपराह्न
समाज

एक वर्षमा साढे छ हजार नागरिकता, आमाको नामबाट पाँच वटा

इलाममा एक वर्षभित्र छ हजार पाँच सय १० नयाँ नागरिकता बनाउँदा आमाको नामबाट पाँच वटा बनेका छन् । जिल्ला प्रशासन कार्यालयका अनुसार आर्थिक वर्ष २०८१/०८२ मा जिल्ला प्रशासनबाट तीन तथा मंगलबारे इलाका प्रशासनबाट दुई नागरिकता आमाको नामबाट बनेका हुन् ।

पशुपतिनगरस्थित अध्यागमन तथा सीमा प्रशासन कार्यालयबाट आर्थिक वर्ष २०८१/०८२ मा आमाको नामबाट कुनैपनि नागरिकता नबनेको जिल्ला प्रशासनले जनाएको छ । कार्यालयका अनुसार एक वर्षमा जिल्ला प्रशासनबाट वंशजका आधारमा तीन हजार आठ सय ३४ नयाँ नागरिकता बनेका छन् भने वैवाहिक अङ्गीकृत १८ र गैर आवासीय चार नयाँ नागरिकता बनेका छन् । एक सय ३३ नाबालकले परिचयपत्र बनाएका छन् ।  

मंगलबारेबाट वंशजका आधारमा एक हजार छ सय ९४ र वैवाहिक अङ्गीकृत पाँच नागरिकता बनेका छन् । पशुपतिनगरबाट वंशजका आधारमा नौ सय ३३ तथा वैवाहिक अङ्गीकृत १७ नागरिकता बनेका छन् । नाबालक परिचयपत्र बनेको संख्या नौ छ ।  

यो आवमा प्रशासनबाट राष्ट्रिय परिचयपत्र बनाउन विवरण भराउनेको संख्या १५ हजार दुई सय ९९ छ भने सात हजार दुई सय ३९ जनाले राष्ट्रिय परिचयपत्र बुझेका छन् । मंगलबारे इलाका प्रशासनले एक हजार चार सय १४, यो आव र यही साउन १३ गतेसम्म सूर्याेदय नगरपालिकाले दुई हजार तीन सय ११ तथा गत वैशाख २९ देखि असार २५ सम्म फाकफोकथुमले छ सय ३७ जनाको विवरण संकलन गरेका छन् । माई नगरमा माई नगरमा पनि साउन ११ मा राष्ट्रिय परिचयपत्रका लागि विवरण संकलन भइरहेको तथा १३ गतेसम्म एक सय ४३ जनाको विवरण भरिएको जिल्ला प्रशासनले जानकारी दिएको छ ।  

जिल्ला प्रशासनबाट विद्युतीय राहदानी इन्रोलमेन्टको संख्या आठ हजार २५ छ  भने सात हजार दुई सय ३९ लाई वितरण गरिएको छ ।  

सिडिओ सुनिता नेपालले अहिले इलाम सदरमुकामस्थित जिल्ला प्रशासन तथा मंगलबारे र पशुपतिनगरबाट नागरिकता वितरण हुने गरेको बताइन् । सदरमुकामसहित सूर्याेदय नगरपालिका र मंगलबारे इलाकाबाट राष्ट्रिय परिचयपत्रका लागि विवरण संकलन गर्ने गरिएको छ । ‘फाकफोकथुम र माई नगरमा चाहिँ केन्द्रबाट आएको टोलीले विवरण संकलन गरेको हो,’ उनले भनिन्, ‘जिल्ला प्रशासन, मंगलबारे र सूर्याेदयमा चाहिँ राष्ट्रिय परिचयपत्रको सेवा निरन्तर नै रहन्छ ।’

प्रशासनले आव २०८१/०८२ मा सञ्चालन गरेका विभिन्न कार्यक्रमको प्रगतिबारे पत्रकार भेटघाट आयोजना गरी जानकारी गराएको छ । यो अवधिमा राहदानीबाट चार करोड १५ लाख ८५ हजार, प्रशासनिक दण्ड–जरिमानाबाट ५४ हजार, हातहतियारबाट ७९ हजार तथा अन्य प्रशासनिक राजस्व चार लाख ११ हजार रुपैयाँ संकलन भएको पनि जानकारी दिइयो । जीवन निर्वाह भत्ता पाँच लाख १६ हजार, मृतकमा परिवार र बाढी–पहिरो पीडितलाई तीन लाख ४२ हजार तथा आगलागी पीडितलाई ३० हजार रुपैयाँ राहत वितरण गरिएको छ ।  

जिल्ला प्रशासनमा वर्ष दिनमा एक सय १९ मुद्दा दर्ता भएकामा एक सय सात फस्र्याेट भएका छन् । 

प्रकाशित: १८ श्रावण २०८२ १८:२५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App