सर्लाहीको गोडैता नगरपालिका–१० का ४२ वर्षीय विवेक मण्डललाई थप उपचारका लागि काठमाडौं लगिएको छ। आफ्नै शरीरमा पेट्रोल खन्याएर आत्मदाहको प्रयास गरेका उनको अवस्था गम्भीर बनेपछि हेलिकप्टरमार्फत् थप उपचारका लागि साँझ काठमाडौं लगिएको हो। घटनामा गम्भीर घाइते भएका उनको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ।
आत्मदाहको प्रयास गर्ने विवेक मण्डलका बुवा उपेन्द्र मण्डलले छोराको मानसिक अवस्था केही समयदेखि अस्वस्थ रहेको बताएका छन्।
यो पनि पढ्नुहोस्
सर्लाहीमा पनि पेट्रोल खन्याएर आत्मदाह प्रयास, अवस्था गम्भीर
जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायब उपरीक्षक (डीएसपी) बेदप्रसाद गौतमका अनुसार पारिवारिक सदस्यले मण्डलमा मानसिक स्वास्थ्यसम्बन्धी समस्या रहेको जानकारी दिएका छन्। डीएसपी गौतमका अनुसार, उनको कीर्तिपुरमा रहेको बर्न अस्पतालमा उपचार हुनेछ।
डीएसपी गौतमले घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिँदै गम्भीर घाइते मण्डलको प्रादेशिक अस्पताल मलंगवामा उपचार भइरहेको बताए।
प्रकाशित: २६ असार २०८३ १९:२० शुक्रबार





