४ चैत्र २०८२ बुधबार
image/svg+xml
समाज

दसैँको दोस्रो दिन: टीका थाप्ने तथा आशीर्वाद लिने क्रम जारी

बडादसैँको दोस्रो दिन शुक्रबार काठमाडौँ उपत्यकालगायत देशका अधिकांश भागमा मान्यजनबाट टीका थाप्ने तथा आशीर्वाद लिने क्रम जारी छ। 

हाम्रा समाचारदाताहरूका अनुसार देशका विभिन्न भागमा अवस्थित सहरमा निजी सवारी साधनमा टीका थाप्न हिँडेका सबै वयका मानिसको सङ्ख्या क्रमशः बढ्दै गएको छ भने सार्वजनिक यातायातका साधन पनि भरिभराउ छन्। कहीँ सार्वजनिक यातायातको लामो प्रतीक्षा गर्नुपरेको गुनासो पनि टीका थाप्न जानेहरूले गरेका छन्। 

काठमाडौँ उपत्यकाका सडकमा पनि सार्वजनिक सवारी साधन फाट्टफुट्ट चलेका छन् भने मुख्य चोकमा निजी सवारी साधनको पनि ताँती लागेको छ। 

प्रकाशित: १७ आश्विन २०८२ १६:२१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App